वैदेशिक रोजगारीअघि श्रमिकलाई प्रभावकारी अभिमुखीकरण गर्न थेबेको जोड


काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रभावकारी अभिमुखीकरण (ओरिएन्टेसन) दिएर मात्र विदेश पठाउनुपर्ने बताएका छन्।

बुधबार उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले धेरै श्रमिक रोजगार सम्झौता नै नबुझी विदेश जाने गरेको उल्लेख गर्दै सम्झौताका सबै विषय स्पष्ट बुझाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

उनले भिजिट भिसामा विदेश पुगेका नेपाली श्रमिक कानुनी सुरक्षाविहीन अवस्थामा काम गर्न बाध्य रहेको भन्दै यूएईलगायतका देशमा श्रम स्वीकृतिको प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। साथै, श्रम स्वीकृति नवीकरण र सामाजिक सुरक्षा कोष (एसएसएफ)लाई एकीकृत गरी सेवा सहज बनाउन तथा जीटुजी प्रणालीमार्फत व्यवस्थित रूपमा श्रमिक पठाउने व्यवस्था गर्न पनि सुझाव दिए।

सांसद थेबेले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको मृत्यु बढ्दो चिन्ताको विषय बनेको भन्दै श्रमिकलाई सुरक्षित र सचेत बनाउने नीतिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

२०८३ श्रावण २०, बुधबार २०:२४ प्रकाशित
ट्रेन्डिङ समाचार