काठमाडौं । धितोपत्र बजारमा आज नेप्से परिसूचक ४.७९ अंकले बढेर २,६६७.९७ बिन्दुमा पुगेको छ। आज १ करोड ६७ लाख ७३२ कित्ता सेयर रु ४ अर्ब ४० करोड ९८ लाखभन्दा बढीमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्दा आठ उपसमूह घटेका छन्। आज १२२ कम्पनीको सेयर मूल्य बढेको, १४३ कम्पनीको घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ। सोलु हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र रिडी पावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाउँदा एभरेष्ट कलर, कामना सेवा विकास बैंक डिबेञ्चर र मञ्जुश्री फाइनान्स डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरे।
२०८३ श्रावण २०, बुधबार १९:०४ प्रकाशित

