दुई साताभित्र ग्यास आपूर्ति सहज हुने निगमको विश्वास


काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अस्वाभाविक माग बढेका कारण उपभोक्ताको आवश्यकताअनुसार आपूर्ति गर्न कठिन भएको जनाएको छ।

निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले भारतीय आयल कर्पोरेसनसँग मासिक ६० हजार मेट्रिक टन ग्यास माग गरिएको भए पनि तत्काल थप आपूर्ति सम्भव नभएको जानकारी प्राप्त भएको बताउनुभयो।

सरकारले पहल गरी मासिक ५०–५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दसैँ–तिहारअघि आपूर्ति सहज हुने र हाल देखिएको ग्यास अभावको समस्या दुई साताभित्र समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

२०८३ श्रावण २०, बुधबार १८:२३ प्रकाशित
ट्रेन्डिङ समाचार