काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा थप ३९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले उनीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको जनाएको छ।
यसअघि उडान विवरण पेश नगरेका तथा विदेशी विमानस्थल प्रयोग गरेका म्यानपावरमाथि अनुगमन गरिएको थियो। साथै, दुई पटक निर्देशन दिँदासमेत विवरण पेश नगर्ने १२४ वटा म्यानपावरलाई पनि ५० हजार रुपैयाँ जरिबाना किन नगर्ने भन्दै सात दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले निर्देशन दिएको छ।
२०८३ श्रावण २०, बुधबार १२:०५ प्रकाशित

