काठमाडौँ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन युवकलाई पक्राउ गरेको छ।
मंगलबार राति शंकाका आधारमा गरिएको चेकजाँचका क्रममा साबरजित दासको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखी हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया