ADVERTISEMENT

८ महिनादेखि राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षविहीन

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्ड ८ महिनादेखि अध्यक्षविहीन रहे पनि एसईई र कक्षा १२ को नतिजा समयमै सार्वजनिक भएको छ।

अध्यक्ष नियुक्ति नहुँदा नीतिगत निर्णयमा असर परेको भन्दै कर्मचारीले गुनासो गरेका छन् भने शिक्षा मन्त्रालयले शिक्षा सचिवको नेतृत्वमा काम प्रभावकारी रूपमा अघि बढेकाले नतिजा छिटो आएको जनाएको छ।

मन्त्रालयले अध्यक्ष नियुक्तिबारे छलफल भइरहेको बताए पनि तत्काल नियुक्ति हुने निश्चित छैन।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार