काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको छ।
यससँगै देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि ओमप्रकाश मेहता र जयप्रकाश मेहताको पनि उपचारकै क्रममा मृत्यु भएको थियो। घटनामा घाइते भएका अन्य व्यक्तिहरूमध्ये केहीको काठमाडौं र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
२०८३ श्रावण १९, मंगलवार १२:१८ प्रकाशित

