मकवानपुर । मकवानपुर जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा धेरै दर्ता भएका छन्। अदालतको विवरणअनुसार एक वर्षको अवधिमा ८७५ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका हुन्।
अदालतमा दर्ता भएका विभिन्न प्रकृतिका मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दाको संख्या उच्च देखिएको छ। पारिवारिक असमझदारी, वैदेशिक रोजगारी, सामाजिक तथा आर्थिक कारणले सम्बन्धविच्छेदका घटना बढिरहेको जानकारहरू बताउँछन्।
२०८३ श्रावण १९, मंगलवार १०:४४ प्रकाशित

