काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गरिनेछ।
साथै, वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना र लालपूर्जा वितरण सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।
यसैबीच, पाँच संसदीय समितिका बैठकमा विभिन्न विधेयक र समसामयिक विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।
२०८३ श्रावण १९, मंगलवार ०९:२५ प्रकाशित

