काठमाडौं। अमेरिकाको अध्यागमन एजेन्सी (आइस) ले ट्रम्प प्रशासनको पहिलो १३ महिनामा ३८८ जना नेपालीलाई पक्राउ गरेकोमा करिब ३२ प्रतिशत मात्र आपराधिक अभियोगको सामना गरिरहेका वा अपराधमा दोषी ठहरिएका रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
डिपोर्टेसन डाटा प्रोजेक्टका अनुसार १२४ जनामा आपराधिक अभियोग वा सजायको रेकर्ड रहेको भने २६४ जनामाथि अध्यागमन कानुन उल्लंघनको मात्र आरोप थियो। पक्राउ परेकामध्ये १५६ जनालाई नेपाल फर्काइसकिएको छ भने १७४ जनाको अन्तिम देशनिकाला आदेश जारी भइसकेको छ।
यसले आइसले पक्राउ गरेका ७० प्रतिशत व्यक्ति आपराधिक पृष्ठभूमिका हुन्छन् भन्ने अमेरिकी सरकारको दाबीसँग मेल नखाने तथ्याङ्क देखाएको छ।
२०८३ श्रावण १९, मंगलवार ०८:२९ प्रकाशित

