काठमाडौं। मनसुनी वायुको प्रभावका कारण आज पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि देशका विभिन्न भूभागमा वर्षा जारी रहने अनुमान गरिएको छ।
२०८३ श्रावण १९, मंगलवार ०७:४० प्रकाशित

