काठमाडौं। मनसुनी वायुको प्रभावका कारण आज पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि देशका विभिन्न भूभागमा वर्षा जारी रहने अनुमान गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया