देशभर मनसुनी प्रभाव, बागमती–गण्डकीमा भारी वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार अधिकांश स्थानमा बदली रही मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ।

 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने बागमती र गण्डकीका पहाडी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

 

मौसमविद्ले नदी, खोला तथा पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

२०८३ श्रावण १८, सोमबार ०७:५० प्रकाशित
ट्रेन्डिङ समाचार