काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको अभाव हुन नदिन ग्याँस उद्योगीलाई सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ।
शनिबार जारी विज्ञप्तिमा निगमले १४.२ केजीको ग्याँस सिलिन्डरको बिक्री वितरण सुरु भएपछि केही स्थानमा ग्याँस अभावको गुनासो आएको उल्लेख गर्दै उद्योगी र बिक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न निर्देशन दिएको छ।
निगमले ग्याँसको आयात तथा आपूर्ति नियमित रहेको जनाएको छ। साथै, उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्याँस खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै ग्याँस नपाएमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न आग्रह गरेको छ।
सम्बन्धित खबर


