राहत वितरणमा ‘हामी नेपाल’लाई प्राथमिकता दिएको भन्दै कांग्रेसको आपत्ति


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि सङ्कलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्था ‘हामी नेपाल’लाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित बाढीपहिरो विपद् व्यवस्थापनसम्बन्धी बैठकमा आङ्देम्बेले राहत वितरणमा सबै पक्षलाई समान अवसर दिनुपर्ने धारणा राखेका हुन्।

उनले शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा पनि राहत वितरणमा एउटा संस्थालाई मात्र प्राथमिकता दिनु उचित नभएको आफूले स्पष्ट रूपमा बताएको जानकारी दिए।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार