काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावित नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ।
विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया