भोटेकोशी बाढीमा ७६८ शव फेला, २७१५ जनाको उद्धार


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट मृत्यु भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्।

सबैभन्दा धेरै चितवनमा २६४ शव फेला परेका छन्। पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव भेटिएका छन्।

प्रहरीका अनुसार हालसम्म २ हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १६० जना उपचारपछि घर फर्किएका छन्।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार