त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो


काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको छ।

आइतबार बिहान आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने पुल चुँडालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बाढीले धादिङको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ। नदीमा आएको बाढीको तीव्रताका कारण पुल जोखिममा परेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले बताइन्।

२०८३ भाद्र १४, आईतवार १३:१२ प्रकाशित
ट्रेन्डिङ समाचार