रवि लामिछानेद्वारा भोटेकोशी बाढी उद्धारमा समन्वय गर्न निर्देशन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहत व्यवस्थापनमा सरकारी निकाय र स्थानीय तहसँग समन्वय गर्न पार्टीको परिचालन संयन्त्रलाई निर्देशन दिएका छन्।

आइतबार रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित पालिका प्रमुखसँग छलफल गर्दै लामिछानेले उद्धार, राहत, शव व्यवस्थापन तथा तत्काल आवश्यक पूर्वाधार निर्माणमा सहजीकरण गर्न निर्देशन दिएका हुन्।

पालिका प्रमुखहरूले बाढीमा फसेकाको उद्धार, शव व्यवस्थापन, सडक, पुल, विद्युत् तथा सञ्चारलगायत कनेक्टिभिटीका समस्या तत्काल समाधान गर्नुपर्ने विषय उठाएका थिए।

लामिछानेले बागमती प्रदेशका मुख्यमन्त्रीसँग समेत उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गरेका छन्। रास्वपाले आइतबार साँझ बस्ने केन्द्रीय समिति बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने जनाएको छ।

सरकारले भोटेकोशी बाढीबाट प्रभावित १५ स्थानीय तहलाई आगामी तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार