गोलबजारको कर्फ्यु जारी, लहानमा हट्यो


सिरहा । सिरहाको लहानमा लगाइएको कर्फ्यु हटाइएको छ भने गोलबजार क्षेत्रमा भने कर्फ्यु अझै जारी रहेको छ।

सुनसरीमा भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएपछि भएको विरोध प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।

यादवको परिवारसँग सहमति भए पनि गोलबजारमा शान्ति सुरक्षा कायम गर्न कर्फ्यु जारी राखिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गणेश यादवको शव गोलबजार नल्याएसम्म कर्फ्यु हटाइने छैन।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार