काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनाप्रति सरकार गम्भीर रहेको बताउँदै समाधानका लागि आवश्यक पहल भइरहेको जानकारी दिनुभएको छ।
उहाँले फेसबुकमार्फत भ्रामक, अपुष्ट र गैरजिम्मेवार सामग्रीले सामाजिक सद्भावमा असर पुग्न सक्ने भएकाले सत्य र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ। साथै, शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।
२०८३ श्रावण १४, बिहीबार २०:३३ प्रकाशित

