काठमाडौं । नेपाल बार एशोसिएसनले परम्परा र वरिष्ठताक्रम विपरीत संवैधानिक इजलास गठन गरिएको भन्दै विरोध जनाएको छ। कार्यसमिति र सल्लाहकारहरूको बैठकले प्रधानन्यायाधीशसहित वरिष्ठतम न्यायाधीश सम्मिलित इजलास गठन गर्न, वा रोष्टरमा रहेका न्यायाधीशबीच गोला प्रक्रियाबाट इजलास चयन गर्न माग गरेको हो।
बारले वर्तमान अभ्यासले न्यायपालिकाप्रतिको जनविश्वास कमजोर बनाउने भन्दै सर्वोच्च अदालतको पूर्ण बैठकबाट आवश्यक निकास खोज्न आग्रह गरेको छ।
२०८३ श्रावण १४, बिहीबार २०:१८ प्रकाशित

