मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले देवानगञ्ज घटनामा निष्पक्ष छानबिनको माग
काठमाडौं । मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेका छन्।
संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन, प्रतिवेदन सार्वजनिक, घटनामा मृत्यु भएकालाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेका छन्।
साथै, सरकारले शान्ति, सद्भाव र कानुनी शासन सुनिश्चित गर्दै घटनाको सत्यतथ्य पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।