सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको दुःख, सद्भाव कायम राख्न आग्रह


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी लगायतका क्षेत्रमा भएको आपसी द्वन्द्व र विवादप्रति दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाई आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन्।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सन्देशमा उनले सुनसरी घटनाबाट जनधनको क्षति भएको र त्यसको प्रभाव कोशी क्षेत्र तथा तराईका अन्य भागसम्म फैलिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान नै देशको गौरव भएकाले सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिबाट सबै सचेत रहनुपर्ने उनको भनाइ छ। साथै, नेपाली समाजको मौलिक मूल्य र मेलमिलापको परम्परा जोगाउँदै सबै नेपाली एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन्।

२०८३ श्रावण १४, बिहीबार १६:२० प्रकाशित
ट्रेन्डिङ समाचार