काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार शीतल निवासमा भेटवार्ता भएको छ।
भेटमा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही र विधेयकहरूको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन संसद्को भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संसदीय अभ्यासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा पनि संक्षिप्त छलफल भएको थियो।
२०८३ श्रावण १४, बिहीबार १०:३१ प्रकाशित

