काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर तत्काल सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा बोल्दै उनले बल प्रयोगभन्दा संवाद, सहमति र राजनीतिक समझदारीमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
२०८३ श्रावण १३, बुधबार १०:०६ प्रकाशित

