काठमाडौं । रास्वपाको आह्वानमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। तर बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन्।
सुनसरी घटनापछि बढ्दो तनाव र सरकारको आलोचनाका बीच आयोजित बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमतलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन्।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र साझा राजनीतिक सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताए।
२०८३ श्रावण १३, बुधबार ०९:५६ प्रकाशित


