काठमाडौं। बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगलाई प्रदेशभित्रका अन्य स्थानीय तहमा स्थानान्तरण गर्न तथा उपत्यकाबाहिर नयाँ उद्योग स्थापना गर्न प्रोत्साहनस्वरूप जग्गा खरिद गर्दा घरजग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।
प्रदेश आर्थिक ऐन, २०८३ अनुसार यो सुविधा आर्थिक वर्ष २०८३/८४ मा लागू हुनेछ। तर काठमाडौं, भक्तपुर, ललितपुर, भरतपुर महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा उद्योग स्थानान्तरण गरेमा भने छुट पाइने छैन।
त्यस्तै, नवीकरण नगरेका उद्योग, फर्म र व्यवसायले २०८३ पुस मसान्तसम्म नवीकरण गरेमा आर्थिक वर्ष २०८१/८२ अघिको जरिबाना छुट हुने व्यवस्था पनि ऐनमा गरिएको छ।
२०८३ श्रावण १२, मंगलवार १९:४७ प्रकाशित

