काठमाडौं । सरकारले १ रुपैयाँको नयाँ सिक्काको डिजाइन परिवर्तन गर्दै त्यसमा नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ।
यसअघि मुस्ताङको लो–घेकर (घार) गुम्बाको तस्बिर राख्ने निर्णय विवादमा परेपछि सरकारले डिजाइन परिमार्जन गरेको हो। नयाँ सिक्कामा ६४ थोप्ला यथावत् रहनेछन् भने सिक्का स्टेनलेस स्टिलबाट निर्माण गरिनेछ। उत्पादन लागत घटाउन तौल र आकारसमेत परिमार्जन गरिने राष्ट्र बैंकले जनाएको छ। नयाँ सिक्का उत्पादनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ।
२०८३ श्रावण १२, मंगलवार १९:०३ प्रकाशित

