ADVERTISEMENT

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन सुरु

काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको छ।

संघर्ष समितिका अनुसार चर्को ब्याज, चक्रवृद्धि ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीबाट पीडित बनेका नागरिकले न्याय नपाएको भन्दै अनशन थालेका हुन्। सरकारसँग भएका सहमति कार्यान्वयन नभएकाले बाध्य भएर आन्दोलनको यो चरणमा उत्रिनुपरेको समितिको भनाइ छ।

समितिले आफ्ना माग राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार