काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडकको बीचमा रहेका र दुर्घटनाको जोखिम बढाइरहेका विद्युत् पोल स्थानान्तरण गर्ने अभियान सुरु गरेको छ। स्थानीय तहसँग समन्वय गरी जोखिमयुक्त पोल हटाइने तथा भूमिगत विद्युत् प्रणाली भएका क्षेत्रमा पुराना पोल, तार र केबल पनि व्यवस्थापन गरिनेछ।
यसबाट सडक सुरक्षा, यातायात व्यवस्थापन र सहरी सौन्दर्यीकरणमा सकारात्मक सुधार आउने विश्वास गरिएको छ।
२०८३ श्रावण १२, मंगलवार १२:१३ प्रकाशित

