सिरहामा प्रदर्शन, प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग,राजमार्ग अवरुद्ध
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, प्रहरी दमन अन्त्य तथा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्। प्रदर्शनका क्रममा गोलबजार–८ चोहर्वामा पूर्व–पश्चिम राजमार्ग करिब आधा घण्टा अवरुद्ध भएको थियो। प्रहरी र आन्दोलनकारीबीच छलफलपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सुनसरीसहित विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी रहेको छ।