काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। इलामको मेची राजमार्ग र सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् भने भोजपुर र खोटाङमा सडक एकतर्फी सञ्चालनमा छन्।
जोखिमलाई ध्यानमा राख्दै वि.पि. राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्बन्धित निकायले अत्यावश्यक बाहेक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

२०८३ श्रावण ९, शनिबार ०९:०९ प्रकाशित

