राजनीतिक परिवर्तनमा सहकार्यको भूमिका महत्वपूर्ण: ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै नेपालको राजनीतिक परिवर्तनको मुख्य आधार भएको बताएका छन्। पुष्पलाल श्रेष्ठ र बीपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी भिडियो सन्देशमा उनले दुवै नेताको सामाजिक तथा राजनीतिक परिवर्तनमा अतुलनीय योगदान रहेको स्मरण गरे।

ओलीले पुष्पलाललाई इतिहासका नयाँ व्याख्याता र जनआन्दोलनका वैचारिक नेता तथा बीपी कोइरालालाई बहुआयामिक राजनीतिक व्यक्तित्वका रूपमा सम्मान व्यक्त गरे। उनले २०४६ सालको परिवर्तन पुष्पलालले अघि सारेको सहकार्यको नीतिको परिणाम भएको उल्लेख गर्दै अग्रज नेताहरूको दूरदृष्टि र त्यागबाट प्रेरणा लिएर लोकतान्त्रिक आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।

२०८३ श्रावण ७, बिहीबार ११:२६ प्रकाशित
ट्रेन्डिङ समाचार