सवारी खरिद र वैदेशिक भ्रमणमा अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य


काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै नयाँ चारपाङ्ग्रे सवारी खरिद र वैदेशिक भ्रमणका लागि मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरेको छ।

मार्गदर्शनअनुसार सरकारी खर्चमा अधिकतम मितव्ययिता अपनाइनेछ। सरकारी भवन उपलब्ध नभएमा मात्र न्यूनतम सुविधा भएका घर भाडामा लिन पाइनेछ भने पानी, बिजुली, इन्धन, भ्रमण, तालिमलगायत प्रशासनिक खर्चमा पनि कडाइ गरिनेछ।

त्यस्तै, मासिक नगद योजना अर्थ मन्त्रालयमा पठाउनुपर्ने, एक अर्ब रुपैयाँभन्दा बढी भुक्तानीअघि मन्त्रालयलाई जानकारी गराउनुपर्ने तथा आयोजना कार्यान्वयनमा वित्तीय जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने व्यवस्था गरिएको छ। बजेट कार्यान्वयनको समीक्षा प्रत्येक दुई महिनामा गरिने पनि मार्गदर्शनमा उल्लेख छ।

२०८३ श्रावण ५, मंगलवार १०:३४ प्रकाशित
ट्रेन्डिङ समाचार