काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला स्थित दुर्गा भगवती गाउँपालिका वडा नं ३ मत्सरीमा वृत्त भत्ता,दलित , विधुवा भत्तामा अनियमितता गरेको आरोपमा वडा नं ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा, वडा सचिव उमेश चौधरी, तथा गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर र नक्कली भत्ता बुझ्ने गरी ४२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार उनीहरुले मिलिमतो गरी आव २०७४/७५ देखि आव २०८०/८१ सम्म गैरकानुनी तबरबाट जेष्ठ भत्ता वितरण गरी गराई ३२ लाख २३ हजार ८ सय २१ रुपैया अनियमितता गरेका थिए । सो वडाले आपसी मिलिमतोमा विभिन्न व्यक्तिहरुलाई कागजात नै पेश नगरी, झुट्टा विवरणका आधारमा समाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
२०८३ श्रावण ४, सोमबार १८:५९ प्रकाशित

