लगातार वर्षा: २१ जिल्ला उच्च जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह, कोशी ब्यारेजका थप ढोका खोल्ने तयारी
काठमाडौं । लगातारको मनसुनी वर्षा अझै केही दिन जारी रहने पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले २१ जिल्लामा बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको जनाएको छ।
कोशी, नारायणी, बागमतीलगायत प्रमुख नदीमा जलसतह बढ्न सक्ने भएकाले कोशी ब्यारेजका थप ढोका खोल्ने तयारी गरिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, मौसमसम्बन्धी आधिकारिक सूचना पालना गर्न तथा सुरक्षा निकाय र उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
आगामी २४–४८ घण्टा विशेष सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।