काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै उच्च जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।