कोरला नाकाबाट ९.९२ अर्ब राजस्व संकलन


मुक्तिनाथ (मुस्ताङ) ।  मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेचुङ भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ९ अर्ब ९२ करोड ५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

गत भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट यस अवधिमा १४ अर्ब ४० करोड रुपैयाँ बराबरको आयात र २० करोड ४० लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सबैभन्दा बढी राजस्व विद्युतीय सवारीसाधन (ईभी) आयातबाट उठेको छ। हालसम्म कोरला नाकाबाट ३,२२३ वटा विद्युतीय सवारीसाधन जाँचपास भएका छन्। यद्यपि आयातको तुलनामा निर्यात कमजोर रहेको कार्यालयले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार