काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू गरेको छ।
सरकारले सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गर्नुका साथै कार्यसम्पादनमा आधारित १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेपछि कर्मचारीहरूको कुल पारिश्रमिक करिब २१ प्रतिशतसम्म बढेको छ।
नयाँ व्यवस्थाअनुसार निजामती, जङ्गी र शिक्षकहरूको ग्रेडसहित न्यूनतम तलब करिब ४० हजार रुपैयाँ र उच्च तहका कर्मचारीहरूको तलब १ लाख रुपैयाँभन्दा माथि पुगेको छ।