रसुवा । रसुवागढी–टिमुरे भन्सार नाकाबाट आर्थिक वर्ष २०८२–८३ मा ६ हजार ५०० भन्दा बढी विद्युतीय सवारी साधन आयात भएका छन्।
यसबाट १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। कुल राजश्वमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा ईभी आयातबाट प्राप्त भएको छ।
भन्सार प्रशासनले आईसीपी र सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि आगामी वर्षदेखि सवारी व्यवस्थापन, जाँचपास र व्यापारिक गतिविधि अझ प्रभावकारी हुने अपेक्षा गरेको छ।