देशभर मनसुनी वायुको प्रभाव कायमै अधिकांश स्थानमा वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा तराईका विभिन्न क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

२०८३ असार ३२, बिहीबार ०७:३५ प्रकाशित
ट्रेन्डिङ समाचार