डोल्पामा झन्डै ५६ लाख नगदसहित दुई पक्राउ


काठमाडौं  । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट बगर बजारमा गरिएको संयुक्त सुरक्षा जाँचका क्रममा झन्डै ५५ लाख ९० हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयको टोलीले लागुऔषध ओसारपसार नियन्त्रणका लागि गरेको आकस्मिक जाँचका क्रममा उक्त रकम बरामद भएको हो।

प्रहरीले बरामद रकमको स्रोत, वैधानिकता तथा पक्राउ परेकाहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

२०८३ असार ३१, बुधबार २०:२५ प्रकाशित
ट्रेन्डिङ समाचार