उपचारपछि माजिद अन्सारी डिस्चार्ज, हिरासतमुक्त


काठमाडौं  ।  कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरी धरपकडका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि बुधबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

अस्पतालबाट डिस्चार्ज भएसँगै राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा उनी प्रहरी हिरासतबाट पनि मुक्त भएका हुन्। उनका कानुन व्यवसायीले यातनाविरुद्धको हक तथा बाँकी कानुनी प्रक्रियाका लागि मानव अधिकार आयोगको प्रतिवेदनका आधारमा अघि बढ्ने बताएका छन्।

माजिदमाथि भएको धरपकड र कुटपिटको घटनाविरुद्ध मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी तथा जेनजी अभियन्ताले विरोध जनाउँदै आएका थिए। उपचारमा लागेको सम्पूर्ण खर्च परिवारले नै व्यहोरेको परिवार स्रोतले जनाएको छ।

२०८३ असार ३१, बुधबार १८:५३ प्रकाशित
ट्रेन्डिङ समाचार