कावासोतीमा ट्याब्लेटबाट लाइसेन्सको लिखित परीक्षा सुरु
पोखरा । गण्डकी प्रदेश मातहत रहेको नवलपुरको कावासोती यातायात व्यवस्था कार्यालयले नेपालमै पहिलो पटक ट्याब्लेटमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा सञ्चालनमा ल्याएको छ।
एआई र फेस म्याचिङ प्रविधिसहितको यस प्रणालीले परीक्षालाई पारदर्शी, सुरक्षित र छिटो बनाउने कार्यालयको दाबी छ।
ट्याब्लेट चलाउन असहज हुने परीक्षार्थीका लागि कागजी माध्यमबाट परीक्षा दिने वैकल्पिक व्यवस्था पनि राखिएको छ।
हालसम्म ५३ जनाले ट्याब्लेटमार्फत परीक्षा दिँदा ४० जना उत्तीर्ण र १३ जना अनुत्तीर्ण भएका छन्।