रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना


काठमाडौँ  ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

अदालतले उनलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै मंगलबार सजाय निर्धारण गरेको हो। रायमाझीलाई ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष र राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैदसहित थप ६ महिनाको सजाय तोकिएको छ।

अदालतको एकीकृत फैसलाअनुसार उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

२०८३ असार ३०, मंगलवार २१:०३ प्रकाशित
ट्रेन्डिङ समाचार