घरजग्गा कारोबार बढ्दा बैंकको कर्जा असुलीमा सुधारका संकेत


काठमाडौं । पछिल्ला दुई त्रैमासमा घरजग्गा कारोबारको मूल्य उल्लेख्य रूपमा बढेसँगै बैंकहरूको कर्जा असुलीमा पनि सुधारका संकेत देखिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो र तेस्रो त्रैमासमा घरजग्गा कारोबार मूल्य क्रमशः १ खर्ब ५४ अर्ब ९७ करोड र १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन पछिल्ला चार वर्षकै उच्च हो।

बैंकरहरूका अनुसार धितो लिलामी तथा ऋण फर्स्यौटमा केही सुधार देखिए पनि ठूलो कर्जाको असुली अझै चुनौतीपूर्ण छ। ऋणीहरू बैंकको सम्पर्कमा आएर समय माग्ने, सेटलमेन्ट गर्ने र जग्गा बिक्री गरी ऋण तिर्ने प्रवृत्ति बढेको उनीहरूको भनाइ छ। समग्र आर्थिक गतिविधि अझै पूर्ण रूपमा सुधार नभए पनि कर्जा असुलीको वातावरण सकारात्मक बन्दै गएको बैंकिङ क्षेत्रको निष्कर्ष छ।

२०८३ असार ३०, मंगलवार १९:२५ प्रकाशित
ट्रेन्डिङ समाचार