सेयर बजार घटेपछि सेबोन घेराउ


काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय घेराउ गरेका छन्। मंगलबार तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित बोर्ड कार्यालय पुगेका हुन्।

सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २,५७० बिन्दुमा झरेपछि लगानीकर्ताले नियामक निकायको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरेका हुन्।

२०८३ असार ३०, मंगलवार १२:०७ प्रकाशित
ट्रेन्डिङ समाचार