काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
२०८३ असार २८, आईतवार १२:४६ प्रकाशित



