पूर्वगृह सचिव पद्मप्रसाद पोखरेलको निधन


काठमाडौं । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको छ। पारिवारिक सदस्यका अनुसार उनी केही समयदेखि उपचाररत थिए।

पोखरेलले २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवका रूपमा कार्य गरेका थिए। उनका एक छोरा र तीन छोरी छन्। उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका ससुरा हुन्।

२०८३ असार २८, आईतवार ११:३१ प्रकाशित
ट्रेन्डिङ समाचार