ADVERTISEMENT

भोटेकोशी बाढीको कारणबारे वस्तुगत अध्ययन गर्न थापाको माग

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण आएको हो वा मानव निर्मित दुर्घटनाका कारण भन्ने विषयमा वैज्ञानिक तथा वस्तुगत अध्ययन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले विपद्बाट भएको क्षति र पीडालाई शक्तिमा बदल्न तथा भविष्यमा यस्ता दुर्घटना रोक्न बाढीको वास्तविक कारण पहिचान गर्नुपर्ने बताए।

उनले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालको हिउँ पग्लिँदा बाढीपहिरोको जोखिम बढिरहेको उल्लेख गर्दै विकसित मुलुकले कोइला र ग्यासको अत्यधिक प्रयोग घटाउनुपर्नेमा जोड दिए। थापाले प्रधानमन्त्री शाहलाई शासन शैलीमा परिवर्तन गर्नसमेत आग्रह गरे।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार